Wednesday, December 7, 2011

Yomari punhi celebrating at thecho


नवदुर्गाको मुल जात्रा योमरी पुन्हिको अवसरमा हुने गर्दछ ।
पहिलो दिन छोय् ला भु:बाट शुरु हुने यस जात्रा धार्मिक तथा परम्परगत रुपमा चल्दै आएको छ । दोस्रो दिन योमरी पुन्ही मनाइँन्छ । तेस्रो दिन पिंगद्य:को पुजाआजा गरी मनाईन्छ  । सोही दिन ब्रम्हायणी र बालकुमारी को ख:जात्रा गरिने गर्दछ । बिभिन्न बाजागाजाको साथमा उक्त ख:जात्रा ठाउँ ठाउँमा परिक्रमा गराउर्दछ । सो ख:जात्रा निकै रोचक र अत्यन्तै आकर्षक हुने गर्दछ । चौथो दिन नवदुर्गाको नाँच तथा पुजा गरी मनाईन्छ । जसलाई न्हिप्याखँ पनि भन्ने गरिन्छ । अन्तिम दिन भैलद्य: को जात्रा मनाई जात्रा सम्पन्न गरिन्छ ।

No comments:

Post a Comment